६९ अङ्कभन्दा धेरैले घटेर शेयर बजार राताम्मे, झन्डै तीन अर्ब रुपैयाँको कारोबार

 कात्तिक १, २०७८ सोमबार १५:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से घटेर आज साेमवार राताम्मे भएको छ । नेप्से आज ६९ दशमलव ५१ अङ्कले घटेर दुई हजार पाँच सय ८७ दशमलव ४५ विन्दुमा पुगेको छ । 

आज व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले घटेको छ । 

यस्तै उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ । 

आज दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ । आज ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन् ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया