जुम्लामा बाढीले मार्सीधानको फाँट बगायो

 कात्तिक २, २०७८ मंगलबार १०:३७:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् ।

मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय देवीप्रसाद पाण्डेले गुनासो गर्नुभयो ।

चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला अवलोकनमा गएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई अनुरोध गर्नुभएको छ । वर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया