रुपन्देहीको मोतीपुर घटनाका मुख्य आरोपी साबिर पक्राउ

 कात्तिक ३, २०७८ बुधबार ८:११:३३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको मोतीपुर घटनाका मुख्य आरोपी साबिर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका ४४ वर्षका साबिर बुटवल ११ देवीनगरमा डेरा गरि बस्दै आएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ । उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाइएको छ ।

प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने क्रममा भएको झडपमा गएको असोज २४ गते ४ जनाको ज्यान गएको थियो । प्रहरीसहित केही घाइते भएका थिए । घटनामा संलग्न अरुको पनि खोजी भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया