बेलायतमा डेल्टा भन्दा १० प्रतिशत बढी सङ्क्रामक काेराेनाकाे नयाँ भेरिएन्ट भेटियो

 कात्तिक ३, २०७८ बुधबार १२:३७:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत बढी सङ्क्रामक नयाँ भेरिएन्ट भेटिएको छ । पछिल्लो पटक विकसित भएको कोरोनाको डेल्टा भेरिएन्ट भन्दा नयाँ भेरियन्ट १० प्रतिशत सङक्रामक भएकाले सचेत रहन विज्ञ तथा डाक्टरले सुझाव दिएका छन् ।

कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायतमा कोरोना महामारी बढ्दो छ । नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणका लागि थप उपाय अवलम्बन गर्न विज्ञ तथा वैज्ञानिकसँग परामर्शसमेत थालेको छ । यो महामारीबाट मुक्त हुन अझै केही समय लाग्ने विज्ञले बताएका छन् ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएका छन् । कोरोना सङ्क्रण दर उच्च बन्दै जाँदा बेलायतमा एकैदिन २ सय २३ जनाको ज्यान गएको छ । कोरोनाविरुद्धको दोस्राे डोज खोप पूरा गरी बुस्टर लगाउन सुरु गरेकामा पनि कोरोना सङक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया