भजन शिरोमणि आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित

 कात्तिक ४, २०७८ बिहिबार ८:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ ।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ ।

यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षको कथा भएको र आउँदाे दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानमार्फत २०६३ देखि सम्मान र पुरस्कार प्रदान गर्दै आएको र आउँदाे वर्षबाट  तीन लाख राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताउनुभयो । 

फाेटाे : गायक सत्यराज आचार्यकाे फेसबुक

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया