नेप्से १४ अङ्कले घट्यो, कारोबार रकम साढे दुई अर्ब ६३ कराेड रुपैयाँ मात्रै

 कात्तिक ४, २०७८ बिहिबार १५:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो बढेको शेयर बजार परिसूचक नेप्से आज विहीबार फेरि घटेको छ ।

काराेबार हुने हप्ताको अन्तिम दिन नेप्से आज १४ दशमलव सात अङ्कले घटेर दुई हजार पाँच सय ५६ दशमलव ९५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

उत्पादन, व्यापार, जलविद्युत् र विकास बैङ्क समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय १६ वटा कम्पनीका ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया