निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने

 कात्तिक ५, २०७८ शुक्रबार १८:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेटी – नेपाल वायु सेवा निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने भएको छ । 

बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाई उडान गर्न वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ ।

बाढी पहिरोले राजमार्गसमेत प्रभावित हुँदा सुदूरपश्चिमका नागरिकले सास्ती भोग्दै आएका छन् । सहुलियत भाडा दर कायम गरी हवाई उडान गर्ने योजना रहेको वायु सेवा निगमले जनाएको छ ।

निगमले आउँदाे आइतबारदेखि धनगढी–काठमाण्डौ पनि उडान गर्ने भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया