भारत र इङ्ल्यान्डबीच स्थगित भएकाे पाँचाैँ टेस्ट आउँदाे वर्षकाे जुलाईमा हुने

 कात्तिक ५, २०७८ शुक्रबार १९:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच स्थगित भएको पाँचौँ तथा अन्तिम टेस्ट आउँदो वर्षको जुलाईमा हुने भएको छ । इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले आज शुक्रवार यसको जानकारी दिएको हो । 

यी दुई टाेलीबीचकाे पाँचाै टेस्ट जुलाई १ देखि ५ सम्म एजबास्टनमा हुने भएकाे हाे । 

म्यानचेस्टरमा हुने तय भएको यो निर्णायक खेल सुरु हुनुअघि कोरोना महामारीका कारण स्थगित गरिएको थियो । ईसीबीले विज्ञप्तिमा भनेको छ, ‘इङ्ग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्टको तालिका फेरि निकालिएको छ र यसको आयोजना आउँदो वर्षको जुलाईमा हुनेछ ।’

पाँच खेलको टेस्ट शृङ्खलामा भारत दुई–एकले अघि छ । इङ्ग्ल्यान्डले शृङ्खला बराबरी गर्न जित्नुपर्नेछ भने ‘ड्र’ र इङ्ग्ल्यान्डले हारे शृङ्खला भारतले जित्नेछ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया