मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित

 कात्तिक ५, २०७८ शुक्रबार २०:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली २३ वर्षमुनिको फुटबल टोली मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको छ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको २३ वर्षमुनिको टोलीसँग हार बेहाेरेकाे हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खायो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्याे । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप एक गाेल गरे ।

२३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल समूह 'बी' मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । 

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमवार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया