श्रीलङ्का समूह विजेता बन्दै टी–२० विश्वकप क्रिकेटको 'सुपर १२' मा प्रवेश

 कात्तिक ६, २०७८ शनिबार ८:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्का समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप क्रिकेटको 'सुपर १२' मा प्रवेश गरेको छ ।

सारजाहमा गएराति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलङ्का लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो ।

नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलङ्काले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलङ्काको जितमा कुशल परेराले अविजित रहँदै ३३ रन बनाए । चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो दुई रनमा अविजित रहे । ओपनर पाथुम निसान्का शून्य रनमा आउट भए ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया