लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद भारतसँग वार्तामार्फत समाधान हुन्छ : मन्त्री खड्का

 कात्तिक ६, २०७८ शनिबार १५:१७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग बोल्दै उहाँले यसअघि सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर समस्या समाधानमा लाग्ने बताउनुभयो । नयाँ नक्सामा समेटिएको नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्ययोजना अनुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

नेपालको नयाँ नक्सामा समेटिएका कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । फरक प्रसङ्गमा मन्त्री खड्काले साझा सहमतिमा एमसीसी पास हुने पनि बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया