खोटाङमा कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते

 कात्तिक ६, २०७८ शनिबार १९:६:३४ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङमा कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जनालाई टोकेको हो ।

दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो ।

उहाँका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् ।

कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया