टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

 कात्तिक ७, २०७८ आइतबार ६:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । गएराति यूएईमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए ।

कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे । जासन रोय ११ रनमा आउट हुँदा जोनी बेयर्सटोले ९ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे ।  

सुपर १२ को समूह 'ए' को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हिजो ५ विकेटले हराएको छ । १ सय १९ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टाएकाे हाे । टी–२० विश्वकप क्रिकेटमा हिजोदेखि सुपर १२ का खेल सुरु भएका हुन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया