उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका  लागि आज मतदान हुँदै

 कात्तिक ७, २०७८ आइतबार ७:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । वर्तमान राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पनि दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

वर्तमान राष्ट्रपति मिर्जियोयेभले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिनु भएको हो । उहाँलाई चुनौती दिँदै नेशनल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपुल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टिस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिनु भएको छ ।

प्रारम्भिक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहोर्याउने सम्भावना रहेको देखाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  चुनावका  लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको सुपरिवेक्षण गर्न ९ सय ७० भन्दा धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु उज्बेकिस्तान पुगिसकेका छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया