टर्कीले नेटो आबद्ध १० देशका राजदूतमाथिको कुटनीतिक संरक्षण हटायो

 कात्तिक ७, २०७८ आइतबार ९:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गर्नु भएको छ ।

नीति स्वीकार नभए देश छोड्न उहाँको चेतावनी छ । टर्कीको यो नीतिसँगै १० राष्ट्रका राजदूतहरुमाथि जुनसुकै मुद्दामा छानबिन तथा कारबाही अगाडि बढाउन पाइने भएको बीबीसीले जनाएको छ ।

विगत चार वर्षदेखि टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले यो  निर्णय गरेको विश्लेषण गरिएको छ ।

कबलाकै नेतृत्वमा राष्ट्रपतिलाई सत्ताच्युत गर्नुपर्ने मागसहित चार वर्ष अघि देशभर विरोध प्रदर्शन भएको थियो। 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया