सुनकाे भाउ चार सय रुपैयाँले बढ्याे

 कात्तिक ७, २०७८ आइतबार ११:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२  सय ६०  रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया