टी–२० विश्व कप : श्रीलङ्काले बङ्गलादेशलाई हरायाे

 कात्तिक ७, २०७८ आइतबार १९:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ काे आज भएकाे पहिलाे खेलमा श्रीलङ्काले बङ्गलादेशलाई पाँच विकेटले हराएकाे छ ।

शारजाह क्रिकेट मैदानमा बङ्गलादेशले दिएकाे एक सय ७२ रनकाे लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर सात बलअघि नै भेटायाे । श्रीलङ्काका लागि चरिता असलङ्काले अविजित ८० रन बनाए । यस्तै भानुका राजपाक्क्षाले ५३ रन बनाए । बलिङतर्फ बङ्गलाका नसुम अहमद र शाकिब अल हसनले दुई/दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले २० ओभरमा चार विकेट गुमाएर एक सय ७१ रन बनायाे । बङ्गलादेशका लागि माेहम्मद नइमले ६२ रन बनाए । त्यस्तै मुशफीकर रहीमले अविजित ५७ रन बनाए । बलिङतर्फ श्रीलङ्काका चमिका करुनारत्ने, विनुरा फर्नान्डाे र लाहिरु कुमाराले एक–एक विकेट लिए ।  

आज नै दाेस्राे खेलमा भारत र पाकिस्तानबीच खेल हुँदैछ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया