शाकिब बने टी–२० विश्व कपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

 कात्तिक ७, २०७८ आइतबार १९:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशका शाकिब अल हसन टी–२० विश्व कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । 

आज भएकाे श्रीलङ्कासँगकाे खेलमा दुई विकेट लिएका बङ्गलादेशका अलराउन्डर शाकिब अल हसन टी–२० विश्व कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । 

शाकिबले टी–२० विश्व कपमा विकेटकाे सङ्ख्या ४१ पुर्‍याएसँगै टी–२० विश्व कप सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन् । दाेस्राे नम्बरमा ३९ विकेटसहित पाकिस्तानका शाहीद अफ्रिदी, तेस्राे नम्बरमा ३८ विकेटसहित श्रीलङ्काका लासिथ मालिङ्गा र ३६ विकेटसहित पाकिस्तानका सईद अजमल चाैथाे नम्बरमा रहेका छन् ।   

आजकाे खेलमा तीन ओभर बलिङ गरेका शाकिबले १७ रन दिएर दुई विकेट लिएका हुन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया