टी-२० विश्व कप : पाकिस्तानले पहिलो पटक भारतलाई हरायाे

 कात्तिक ७, २०७८ आइतबार २३:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५२ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायाे । भारतका लागि कप्तान विराट काेहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए । 

बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिए । शहीनले केएल राहुल, राेहित शर्मा र काेहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिए । 

याे जितसँगै टी-२० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा एक जित निकालेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • Ganesh Raj Bohara

    Oct. 24, 2021, 11:36 p.m.

    १५२ रनको लक्ष्य हुनुपर्नेमा ५१ भएको छ। र १३ बल बाकी हुनुपर्नेमा १९ भएको छ। के हो यो? 🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया