अमेरिकाले साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

 कात्तिक ८, २०७८ सोमबार ६:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई  स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्ने भएको छ ।

बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६ सय अफगानी शरणार्थीलाई  स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापनाको कार्यक्रम ल्याउन लागेको अमेरिकाले जनाएको छ ।

सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनःस्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अफगानिस्तानमा, अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू, अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् । अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु कार्यक्रमको उद्देश्य भएको खबरमा उल्लेख गरिएको छ ।

कार्यक्रम  स्वीकृत भएमा उनीहरुलाई  आवास, चिकित्सा, बालबालिका विद्यालय भर्ना लगायतका सेवा सुविधा उपलब्ध हुनेछ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया