सुडानमा सैन्य 'कु' : प्रधानमन्त्री नजरबन्दमा, केही मन्त्रीसहित मन्त्रिपरिषद्का एक सदस्य हिरासतमा

 कात्तिक ८, २०७८ सोमबार ११:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले हिरासतमा लिएको छ । प्रधानमन्त्री अब्दुल्लाहलाई हिरासतमा लिएर उहाँलाई, उहाँकै घरभित्र नजरबन्दमा राखिएको छ । तर, यसबारे आधिकारिक पुष्टि भने भइनसकेको अल जजिराले जनाएको छ ।  

प्रधानमन्त्रीसँगै केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिएको खबरमा उल्लेख छ । उद्योगमन्त्री इब्राहिम अल शेख, सूचनामन्त्री हमजा बलौलालगायत पक्राउ परेका छन् । यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार फैसल मोहम्मद सालेह पनि पक्राउ  परेका अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमले जनाएका छन् ।

सुडानमा राजनीतिक सङ्कट गहिरिएपछि यसअघि सयौँ नागरिकले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आग्रह गरेका थिए । सुडानमा गएको सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाव चर्किएको छ ।

सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो। 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया