सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने

 कात्तिक ८, २०७८ सोमबार १४:४४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतका न्यायाधीशहरूले भोलि मङ्गलवार प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छन् । 

आज साेमवार १३ जना न्यायाधीशले सामूहिक छलफल गरी भोलि बिहान ११ बजे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर कुरा राख्ने र राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन् । 

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराका गतिविधिप्रति प्रश्न उठाउँदै आएका छन् । हिजो आइतवार छुट्टै छलफलमा सहभागी न्यायाधीश नहकुल सुवेदी आज न्यायाधीशको बैठकमा सहभागी हुनुभएन ।

प्रधानन्यायाधीश जबराले आज हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न हिजो सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् (फुल कोर्ट) बोलाउनुभएको थियो ।

सर्वोच्च अदालतमा आज तोकिएका सात वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन । इजलासमा नगएका न्यायाधीशहरूले सामूहिक छलफल गरेका हुन् ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया