आजका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित

 कात्तिक ८, २०७८ सोमबार १४:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – आज साेमवारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया