खाेटाङबाट पाँच जुवाडे पक्राउ

 कात्तिक ८, २०७८ सोमबार २०:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हरि जोशीको घरमा भाडामा बसेका साकेला गाउँपालिका–५ मात्तिमका हिराधन राईको कोठामा तास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर शाहले बताउनुभयो । 

तास खेलिरहेकाे अवस्थामा राईसहित ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका वसन्त राई, दिक्तेल ७ दोर्पाचिउरीडाँडाका टीकाराम राई र उदयपुरको कटारी नगरपालिका ११ का खोमबहादुर क्राप्छाकी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले तासकाे खालबाट नगद ७१ हजार २० रुपैयाँ र एक बुक तास बरामद गरेकाे इन्स्पेक्टर शाहले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया