टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हरायो

 कात्तिक ९, २०७८ मंगलबार ७:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी भएको छ ।

सारजाहमा भएकाे खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया