काठमाण्डाैकाे सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

 कात्तिक ९, २०७८ मंगलबार ७:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - काठमाण्डाैकाे सोल्टीमाेडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ ।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगो लागेको हो । दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया