बाढी र डुबानबाट धानबालीमा पुगेकाे क्षतिको अध्ययन गर्न कार्यदल गठन

 कात्तिक ९, २०७८ मंगलबार ८:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । गठित कार्यदलमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका सचिव र राष्ट्रिय योजनाका सचिव सदस्य रहेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया