फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमायो

 कात्तिक ९, २०७८ मंगलबार १०:१७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सामाजिक सञ्जाल फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।  

गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ  अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो ।

केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने  कम्पनीलाई झुटाे आरोप लगाएको बताउनुभएको छ ।

एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि  ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको  फेसबुकले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।  
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया