पाँचथरमा बाढीमा बेपत्ता भएका एक जनाको शव भेटियो

 कात्तिक ९, २०७८ मंगलबार १०:४४:४८ | उपेन्द्र येक्तेन
unn.prixa.net

 पाँचथर – पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको छ । उहाँको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।

उहाँलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएकाे थियाे। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोजीको लागि तालिम प्राप्त कुकुर इलाका प्रहरी कार्यालय रबिमा आइपुगेको विश्वकर्माले जानकारी दिनुभयो । तालिम प्राप्त कुकुरको सहयोगमा आजदेखि बेपत्ताहरुको खोजी गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया