एमालेलाई सर्वोच्चको नाममा भइरहेको राजनीतिमा फस्नु छैन : ओली

 कात्तिक ९, २०७८ मंगलबार ११:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी ओलीले  सर्वोच्च अदालतको नाममा भइरहेको दाउपेचको राजनीतिमा एमाले नफस्ने बताउनु भएको छ ।

बिहान विराटनगरमा प्रेस चौतारी मोरङको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले अदालत स्वतन्त्र निकाय भएकाले  एमालेले कुनै पक्षधरता नदेखाउने र प्रधानन्यायाधीशलाई राजीनामा दिनुपर्छ र महाभियोग लगाउनुपर्छ भनेर पनि नभन्ने बताउनु भएको हो ।

उहाँले  सर्वाेच्च अदालतलाई राज्यको एउटा विश्वसनीय र महत्त्वपूर्ण अङ्गको रुपमा राख्ने भन्दै अदालत भित्रको अशोभनीय गुटबन्दीमा एमाले नपस्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया