भारतको केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न 'सुप्रिम काेर्ट' काे आदेश

 कात्तिक २९, २०७८ सोमबार २०:४३:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम काेर्ट (सर्वोच्च अदालत) ले केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न आदेश दिएको छ ।

दीपावलीको आसपासबाट बढेको वायु प्रदूषणको असर बढ्दै गएपछि सर्वोच्च अदालतले 'वर्क फर्म होम' अर्थात् घरबाटै काम गर्ने व्यवस्था लागू गर्न दिल्ली सरकारलाई आदेश दिएको हो । गएको वर्ष वायु प्रदूषण बढ्दा र कोरोना महामारीको बेला पनि दिल्लीमा 'वर्क फर्म होम' लागू भएको थियो ।

केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणको मुद्दामा आज साेमवार सुनुवाइ गर्दै भारतीय सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठक बसेर प्रदूषण घटाउने विधि लागू गर्न पनि भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । विभिन्न राज्यमा पराल जलाउनु, उद्योग, सवारी साधन र धुलोका कारण वायु प्रदूषण बढेको सरकारी अधिकारीहरू बताउँछन् ।

दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि लकडाउन गर्न तयार रहेको भन्दै यसमा राष्ट्रिय राजधानीमा समेटिएका हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरूमा पनि लकडाउन आवश्यक रहेको बताएको छ ।

वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालयहरू हिजो आइतवारदेखि नै बन्द गरेर अनलाइन कक्षा सुरु गरिएको छ । दिल्लीमा अहिले वायु गुणस्तर सूचक (एक्यूआई) दुई सय ४१ पुगेको छ । एक्यूआई दुई सयभन्दा माथि जानुलाई वातावरण अति अस्वस्थ भएको मानिन्छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया