अफगानिस्तानमा तालिबानद्वारा अमेरिकी बख्तरबन्द सहित शक्ति प्रदर्शन

 कात्तिक ३०, २०७८ मंगलबार १७:२२:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा तालिबान सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गरेर शक्ति प्रदर्शन गरेको छ । आफ्नो विद्रोही समूहलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिन शक्ति प्रदर्शन गरेको तालिबानले जनाएको छ ।

गएको अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो । अमेरिकाले अफगानिस्तानमै छाडेका हतियारहरु तालिबानले प्रयोग गरेर शक्ति प्रदर्शन गरेको हो । परेडमा अमेरिकामा बनेको एम ११७ बख्तरबन्द सुरक्षा वाहन पनि थियो भने त्यसमाथि एमआई १७ हेलिकोप्टर उडाइएको थियो । पुराना हेलिकोप्टरका पाइलट, मेकानिक्स र अरु विशेषज्ञहरुलाई पनि तालिबानले नयाँ सेनामा समावेश गरेको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीले बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया