इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना

 मंसिर ८, २०७८ बुधबार ६:५४:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो ।  

एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक बिक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोकिएको छ । इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई एकपक्षीय रुपमा अनुमति दिएको आरोप समेत लागेको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया