रामग्राम नगरपालिकाले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि खोप कार्यक्रम सञ्चालन गर्ने

 मंसिर ९, २०७८ बिहिबार १५:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवलपरासीको रामग्राम नगरपालिकाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि यही मङ्सिर १४ गते भेरोसेल र कोभिडसिल्ड खोप लगाउने नगरपालिकाले जनाएको छ । 

यसअघि खोप नलगाएका वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई भिसा र पासपोर्टको आधारमा खोप लगाइने छ । खोप लगाउन जाँदा भिसा र पासपोर्ट लिएर जानुपर्छ ।

खोप नवलपरासीको स्वास्थ्य कार्यालयको संस्थागत क्लिनिकमा लगाइने छ ।  खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया