कार्तिकमा मात्रै वैदेशिक रोजगारीमा जान २३ हजार भन्दा धेरै दक्ष श्रमिकले लिए श्रम स्वीकृति

 मंसिर ९, २०७८ बिहिबार १६:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  गएको कार्तिक महिनामा मात्रै २३ हजार भन्दा धेरै दक्ष श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कार्तिक महिनामा मात्रै २३ हजार ४५६ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन् । जसमा २१ हजार ५९१ जना पुरुष र १८ सय ६५ जना महिला रहेका छन् । 

६८ जना व्यवसायीक र १२ जना उच्च दक्ष श्रमिकले पनि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

श्रम स्वीकृति लिनेमा अर्धदक्ष श्रमिकको सङ्ख्या ४२ सय ७४ जना पुरुष र ३८५ जना महिला गरी ४६ सय ५९ जना रहेको छ ।

यस्तै, २६ हजारभन्दा धेरै अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । २४ हजार ६९१ पुरुष र २ हजार ३२ जना महिला गरी जम्मा २६ हजार ७२३ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगारीमा जान कार्तिक महिनामा मात्रै ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया