पाकिस्तानको ऋण ३० हजार खर्ब नाघ्यो : देश चलाउन समस्या भइरहेकाे छ : इमरान खान

 मंसिर ९, २०७८ बिहिबार १८:०:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाकिस्तान अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताउनुभएको छ । उहाँले देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भइरहेको बताएको समाचार संस्था एनडीटीभीले जनाएको छ ।

उहाँले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता जनाउनुभएको खबरमा उल्लेख छ । पाकिस्तानमा जम्मा ३० लाख जनाले मात्रै कर तिर्ने गरेको र त्यसमा पनि १० लाख जनाले निकै कम मात्रामा आम्दानी देखाएर कर छल्ने गरेको पाइएको छ । पाकिस्तानमा डेढ करोड नागरिक कर तिर्न योग्य भए पनि सरकारले करको दायरामा ल्याउन नसकेको खबरमा उल्लेख छ ।

यो अवस्था आउनुमा अघिल्लो सरकारका प्रधानमन्त्री नवाज सरिफ मुख्य जिम्मेवार रहेको प्रधानमन्त्री खानको आरोप छ । पछिल्लो १० वर्षमा मात्रै पाकिस्तानको ऋण ६ हजार खर्बबाट बढेर ३० हजार खर्ब पुगेको छ ।

पाकिस्तान विश्वमै सबैभन्दा धेरै विदेशी ऋण लिने देशको शीर्ष १० भित्र रहेको छ । सम्झौताअनुसार ऋण तिर्न नसक्दा पाकिस्तानलाई कैयौँ देश र वित्तीय संस्थाले थप ऋण दिन नसक्ने घोषणा गरिसकेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया