मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन श्रम मन्त्री श्रेष्ठकाे आग्रह

 मंसिर ११, २०७८ शनिबार १३:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गर्नुभएको छ । 

शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गर्नुभएको हो । उहाँले आफू मन्त्रालयमा केही लिनको लागि नभइ श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताउनु भयो ।

उहाँले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरुलाई मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले ट्रयाकसुट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताउनु भयो । मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिब ७ सय भन्दा बढी श्रमिकहरुलाई ट्रयाकसुट वितरण गरेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया