‘ए’ डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

 मंसिर ११, २०७८ शनिबार १९:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई मनाङ मर्स्याङ्दीले १–० गोलले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ ।

पहिलो खेलमा हिमालयन शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अंक छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया