'मेरो जिन्दगीको टुङ्गो छैन, नेता कार्यकर्तालाई देख्दा ढुक्क लाग्छ’- ओली

 मंसिर ११, २०७८ शनिबार १९:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जिन्दगीको कुनै टुङ्गो नभएको भन्दै पार्टी भित्रका नेता कार्यकर्ता देख्दा ढुक्क लाग्ने बताउनुभएको छ ।

एमालेको १० औँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा ओलीले भन्नुभयो ‘यसै पनि मानिसको जिन्दगीको टुङ्गो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईँहरूलाई अगाडि देख्छु । तपाईँहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’

ओलीले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको दाबी पनि गर्नुभयो।

साहसी कार्यकर्ताहरुको अगुवाइ गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको भन्दै ओलीले नेता कार्यकर्ताको साथकै कारण पार्टी बलियो भएको बताउनुभयो । आफूहरुलाई पार्टीबाट लखेटेर धुलोमा पछारेको एक वर्ष पनि नभइ देशको सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाएको दाबी गर्दै ओलीले यो सबै पार्टीका नेता कार्यकर्ताकै कारण भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया