जाजरकोटमा बस दुर्घटना : पाँच जनाको ज्यान गयो, २७ जना घाइते

 मंसिर १२, २०७८ आइतबार ८:२:१८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया