दाङमा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

 मंसिर १२, २०७८ आइतबार १०:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।

भिरबाट लडेर तुलसीपुर-९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएकाे हाे । 

घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँकाे ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो ।

पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया