परदेशिका श्रीमतीले भोग्ने लाञ्छना

 मंसिर २०, २०७८ सोमबार ८:६:४९

वैदेशिक रोजगारीले धेरै परिवारलाई आर्थिक सहयोग गरेको भएता पनि यसको वापत वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू र तिनका परिवारले ठूलो मूल्य चुकाउनु परेको छ । श्रीमानको अनुपस्थिति हुँदा घरमा रहेका श्रीमतीको कार्य जिम्मेवारी अत्याधिक बढेको छ । धेरै जस्तो अवस्थामा महिलाहरूले दुवै अभिभावकको जिम्मेवारी बहन गर्नुका साथै एकल रुपमा परिवार ब्यवस्थापन गर्नुपरेको छ । तथापी घरमा रहेका श्रीमतीहरूले विभिन्न खालको सामाजिक लाञ्छना ब्यहोर्नु परेको अवस्था देखिएको छ । यस छोटो भिडियोले कामदारका श्रीमतीहरूले भोग्नुपर्ने विभिन्न खालका हिंसा, दुव्र्यवहार र शोषणको विषय उठान गर्न खोजेको छ । यस्ता सामाजिक दवावहरुले कसरी एउटा सिङ्गो परिवारलाईनै असर गर्छ भन्ने विषयलाई पनि यो भिडियोले समेटेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया