साउदीमा कम्पनी परिवर्तन गर्न अहिले सजिलो छ

 मंसिर २३, २०७८ बिहिबार १६:०:२४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश सुवेदी / बाग्लुङ, हाल साउदी ।

साउदीले अघिल्लो वर्षको मार्चदेखि कफला प्रणालीमा सुधार ल्याएसँगै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुले आफू कार्यरत कम्पनी मन नपरेमा सजिलै परिवर्तन गर्न सक्ने व्यवस्था लागू भइसकेको छ । तर अझै पनि यहाँ कार्यरत नेपाली दाजुभाइहरु कम्पनी परिवर्तन गर्न नसकेको भनेर गुनासो गर्नुहुन्छ । यस्तोमा उहाँहरुले अलिकति प्रक्रिया बुझ्नुपर्ने हुन्छ ।

कुनै पनि नेपाली दाजुभाइहरुले उनीहरुको करार अवधि पूरा गरिसकेपछि कम्पनी परिवर्तन गर्न चाहेको अवस्थामा त्यसो गर्न सकिन्छ । साउदीको भाषामा यसलाई तनाजुल लिने भनिन्छ ।

कम्पनीले उचित पारिश्रमिक नदिने, नयाँ कन्ट्र्याक्ट लेटर नदिने गरेमा कम्पनी परिवर्तन गर्न सकिन्छ । यदि यसबारे बुझ्नुभएको छैन भने कम्पनीको हेडअफिसमा एचआरसँग तथा डिभिजन हेडसँग बुझ्न सकिन्छ । र कम्पनी परिवर्तन गरेर श्रमको उचित मूल्य लिन सक्नुहुन्छ । त्यसको लागि आफैले कम्पनी खोज्नुपर्छ । कम्पनीको विश्वसनीयता बुझ्नुपर्छ । आफ्नो साथीभाइ तथा चिनेजानेको मान्छे कोही कुनै कम्पनीमा हुनुहुन्छ र उहाँहरुले चित्तबुझ्दो पारिश्रमिक पाउनुभएको छ भने त्यो कम्पनीमा जान सकिन्छ । त्यसको लागि केही प्रक्रिया हुन्छ, त्यो सबै आफू काम गरिरहेको कम्पनीले नै गरेर दिन्छ । कम्पनीले नै उचित समयमा अर्को कम्पनीमा तनाजुल गरेर दिने जिम्मा हुन्छ । कुुनै पनि कम्पनीले करार अवधि पूरा भइसकेपछि कुनै पनि देशको नागरिकलाई त्यही कम्पनीमा काम गरिराख्न दबाब दिन पाउँदैन । मेरो साथीहरुले पनि यो सुविधा अन्तर्गत कम्पनी परिवर्तन गरेर अहिले राम्रो कम्पनीमा काम गरिरहनुभएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया