धादिङमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 मंसिर २६, २०७८ आइतबार १०:९:४४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

आज बिहान बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङकाे ज्यान गएकाे हाे । 

मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले समेत ठक्कर दिँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

दुर्घटनामा परि घाइते भएका सिद्धलेक गाउँपालिका-१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना भएपछि एक घण्टा गाडी आवतजावत बन्द भएको थियो । अहिले भने गाडी चल्न सुरु भइसकेकाे प्रहरीले जनाएकाे छ।

अन्तिम अपडेट: चैत २४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया