पाँचथरमा आगलागी हुँदा तीन वटा घर र छ वटा पसल जलेर नष्ट

 पुस २२, २०७८ बिहिबार ७:६:४३ | उपेन्द्र येक्तेन
unn.prixa.net

साङ्केतिक तस्बिर

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा  आगलागी भएको छ ।

बुधवार राति भएको आगलागीमा तीन वटा र घर ६ वटा पसल जलेका छन् । स्थानीय जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजित राई र मनबहादुर राईका घर जलेका छन् ।

तीन वटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ ।

आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया