भत्ता लिन बैंक जाँदै गरेकी वृद्धाकाे बाटाेमै ज्यान गयाे

 पुस २९, २०७८ बिहिबार १६:०:३६ | मनिराज पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालीकोट – कालीकाेटमा बैंक जाँदै गरेकी पलाँता गाउँपालिका ३ की एक वृद्धाकाे बाटाेमै ज्यान गएकाे छ । सामाजिक सुरक्षा भत्ता पाउनका लागि बैंक खाता खाेल्न हिँडेकी राजपुरा बमको पलाँता २ को सैन भन्ने ठाउँमा ज्यान गएकाे स्थानीयवासी बिस्न बहादुर बमले बताउनुभयो ।

सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिने गरेपछि दुर्गम जिल्लाका स्थानीयवासीलाई सास्ती भएको छ । वृद्धवृद्धालाई बैंकसम्म जान कठिन हुने गरेको छ ।

कर्णालीका दुर्गम जिल्लामा सामाजिक सुरक्षा भत्ता लिनकै लागि दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया