कांग्रेस महामन्त्री शर्माको सपरिवार कोरोना संक्रमित, सभामा सतर्कता नअपनाएको भन्दै आत्मालोचना

 माघ ५, २०७८ बुधबार १३:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित उहाँको परिवारका सबै सदस्य कोरोना संक्रमित भएका छन् । शर्माले कोरोनाको लक्षण देखिएपछि मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सपरिवारमा कोरोना पोजेटिभ देखिएको बताउनुभएको छ ।

उहाँले आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी दिनुभएको हो । सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा आफू कोरोना संक्रमित हुनुपरेको प्रति उहाँले आत्मालोचना पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया