प्रजिअसहित कर्मचारीमा काेराना देखिएपछि १ हप्ताका लागि जिल्ला प्रशासन कार्यालय बन्द

 माघ ५, २०७८ बुधबार १६:१०:२० | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – कालीकाेट जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा काेराेना संक्रमण भएपछि एक हप्ताकाे लागि कार्यालय बन्द गरिएकाे छ । 

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, सहायक प्रजिअ देबेन्द्र श्रेष्ठ सहितका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भोलि ६ गतेदेखि लागू हुने गरी एक हप्ताका लागि सबै सेवाहरु बन्द गरेको छ ।

कालिकाेटमा कोरोना संक्रमितको संख्या ८९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण दर तीव्र गतीले बढ्दै गएकाले सबैलाई स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया