जिपट्रोन प्रविधिमा आधारित टाटा टिगाेर ईभी छिट्टै नेपाल भित्रिने

 माघ ६, २०७८ बिहिबार १०:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटाकाे नयाँ विद्तयुतीय कार 'टिगाेर ईभी' छिट्टै नेपाली बजारमा भित्रिने भएकाे छ । 

टाटाका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगाेर ईभी नेपाली बजारमा चाँडै आउने जानकारी गराएकाे हाे ।

टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे ।

टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाका दुई वटा विद्युतीय गाडी उपलब्ध हुनेछन्, टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको थियाे । 

टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षाहिसाबमा गाडीले ४९ अंकमध्ये ३७ दशमलव २४ अंक पाएको छ।

टिगोर ईभी जिपट्रोन प्रविधिमाआधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्चउर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा रहेकाे विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै, टिगोर ईभीमाभएको ब्याट्रीलाई २५ किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात गाडीलाई हाम्रो घर वा कार्यलयमाहुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रङ्ग विकल्पमा उपलब्ध हुनेछ। यो डुअल–टोनविकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रङ्गको हुनेछ। गाडीको ग्रिलमुनीनिलो रङ्गले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ ।

यसको अगाडि भागमा पूरै एलईडी डीआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ। गाडीको पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन्। यसको पछाडि हेर्ने रिअर भ्यु ऐनाहरू पनि फोल्डेबल छन्। गाडीको डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।

गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। टिगोरको सिट ग्रेनाइट कालो रङ्गमा छन् भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले टिगोर ईभीमा डुअल एयर ब्याग, ईबीडीसहितको एबीएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ । गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ । 

टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकिएको छ ।

नेपाली बजारमा कति मूल्यमा कहिलेसम्म याे गाडी सार्वजनिक हुन्छ भन्नेबारे  सिप्रदीले कुनै जानकारी दिएकाे छैन । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया