रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाकाे आरोप

 माघ ७, २०७८ शुक्रबार १३:१६:१९ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ । आफ्ना गुप्तचर परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई शासनमा ल्याउन रुसले चाल चालेको अमेरिकाले आरोप लगाएको हो ।

अमेरिकाको अर्थ मन्त्रालयले यो कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गरेको बीबीसीले जनाएको छ । रुसले युक्रेनका उच्च पदमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी पनि अमेरिकाको छ । तर, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया